काठमांडू: नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारालाई टोलीमा अनुबन्ध गरेको छ।
टोलीका पाँचौं विदेशी खेलाडीका रुपमा चितवनले बोपारालाई अनुबन्ध गरेको शुक्रवार सामाजिक संजालमार्फत जानकारी गराएको छ।
चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांग तथा दोस्रो विदेशी खेलाडीका रुपमा इङ्ग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ। त्यसै गरी चितवनले तेस्रो विदेशी खेलाडीका रुपमा अफगानिस्तानका हसन इसाखिल र चौथो विदेशी खेलाडीको रुपमा नामिबियाका अलराउण्डर जान निकोल लेफ्टी इटनलाई अनुबन्ध गरेको थियो।