सिलगढी: सर्व कल्याण समितिको आयोजनामा २७ अगस्तमा विभिन्न संस्थाका प्रतिनिधीहरुलाई लिएर सयुक्त सभा समपन्न भयो। सर्व कल्याण समितिका व्यवस्थापक अशोक रोकाको संचालनमा समितिकै अध्यक्ष पासङ लामाको अध्यक्षतामा सम्पन्न सभामा फूलपाति शोभा यात्राको उदेश्य अनि परिकल्पना समितिको सचिव प्रयास योन्जनले प्रस्तुत गरे पछि विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुले आआफ्नो मन्तव्यमा सर्व कल्याण समितिले लिएको परिकल्पानालाई समर्थन गर्दै विचार व्यक्त गरे।
आफ्नो मन्तव्य प्रस्तुत गर्नेहरुमा श्रीमती प्रतिमा जोशी, तनुजा राई, श्रीमती शर्मिला गुरुङ, मम्ता लिम्बु, रुपेन राई, उत्तम गुरुङ, नन्दकुमार छेत्री, कृष्ण शर्मा, परिमल थापा, सुरज रसाइली, विकास तिम्सिना र बी.बी. विश्वकर्म थिए। यसपछि समितिको प्रस्तावअनुसार फूलपाति शोभायात्राको अध्यक्ष पासाङ लामा, उपाध्यक्ष उत्तम गुरुङ, विकाश तिम्सिना, सचिव प्रयास योन्जन, कोषाध्यक्ष डी.के. विश्वर्मलाई चयन गरियो। यसलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुलाई लिएर समिति गठन गरियो। फूलपाति शोभायात्राको नामकरण लिएर धेरै चर्चा परिचर्चा गरियो। आउँदो सभामा अनुमोदन गरिने भएको छ।