ब्रिसबेन: आयोजक अष्ट्रेलियाले बिहीवार पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पाकिस्तानलाई २९ रनले पराजित गऱ्यो। यस जीतको साथै अष्ट्रेलियाले ३ वटा म्याचको सीरीजमा १-० को बढ़त हासिल गऱ्यो। अष्ट्रेलियालाई जीत दिलाउनमा ग्लेन म्याक्सवेल (१९ बलमा ४३ रन)-को विध्वंशी ब्याटिंगले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। लगातार वर्षाले गर्दा म्याचलाई ७-७ ओभरको दुईवटा ईनिंग्समा खेलियो। टस हारेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाले ७ ओभरमा ४ विकेट गुमाएर ९३ रन बनायो। जेक फ्रेजर म्याकगर्क (९ रन) र म्याथ्यू शर्ट (७ रन)-को ओपनिंग जोड़ी ३५ रनभित्रै आउट भएपछि तेस्रो नम्बरमा ओर्लिएर म्याक्सवेलले आफ्नो चीरपरिचित मिजास ब्याटिंग गर्दै ५ वटा चौका र ३ वटा छक्का लगाए। म्याक्सवेलबाहेक अलराउण्डर मार्कस स्टोइनिसले ७ बलमा २ वटा चौका र एउटा छक्काको साथ अविजित २१ रन बनाए। पाकिस्तानका बलरहरूमा अब्बास अफरीदीले सर्वाधिक २ विकेट लिए। जीतको निम्ति ९४ रन बनाउने लक्ष्यलाई अघि राखेर खेल्दै पाकिस्तानले ९ विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो। पाकिस्तानको शीर्ष ७ जना ब्याटरमा कसैले पनि ८ भन्दा अधिक रन बनाउन सकेनन्। अष्ट्रेलियाई बलरहरूमा दुईजना पेसर जेवियर बार्टलेट र न्याथन एलिसले ३-३ विकेट लिएर अष्ट्रेलियाको जीत सुनिश्चित गरे। स्पिनर एडम जाम्पाले २ विकेट लिए। पाकिस्तानको तर्फबाट अब्बास अफरीदीले अविजित २० रन बनाए। म्याक्सवेललाई प्लेयर अव् द म्याच चयन गरियो।