गान्तोक: ७१औं अखिल भारतीय सहकारी सप्ताह आज विकसित भारत निर्माणमा सहकारीको भूमिका थिममा राजधानीको तादोङस्थित सहकारी भवनमा पालन गरियो। सिक्किम सरकारको सहकारी विभागद्वारा आयोजना गरिएको यस कार्यक्रममा विभागकी सचिव ग्लोरिया नाम्चुले सहकारीको झण्डा उत्तोलन गर्दै औपचारिकरूपमा आजदेखि सहकारी सप्ताह पालन शुरू गरिएको घोषणा गरिन्।
यस अवसरमा सचिव नाम्चुले राज्यपाल ओम प्रकाश माथुरको सन्देश पढेर सुनाइन्। यसैगरी, मुख्यमन्त्री प्रेम सिंह तामाङको सन्देश विभागकी प्रधान रेजिस्ट्रार जबी थापाले पढेर सुनाइन् भने सहकारी विभागका मन्त्री अरुण उप्रेतीको सन्देश रजिस्ट्रार कर्मा ओङ्गमुले पढेर सुनाइन्।