गान्तोक: कृषि, बागवानी, पशुपालन, पशुचिकित्सा सेवा तथा मत्स्यपालन विभागीय मन्त्री पुरणकुमार गुरुङले आगामी माछा महोत्सव २०२४ को तयारीबारे जानकारी गराएका छन्। यसबीच उनले महोत्सव सम्बन्धी सामग्रीहरुको पनि सार्वजनिक गरे। उक्त महोत्सव सिक्किम सरकारको मत्स्य पालन विभागले गान्तोकका लोकप्रिय रेस्टुरेन्टहरूसँगको सहकार्यमा आयोजना गरेको छ। जो १७ देखि २३ नोभेम्बरसम्म चल्नेछ। सिक्किमको समृद्ध माछा संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेर विभागले गएको केही वर्ष यता महोत्सव आयोजन गर्दै आएको छ। कार्यक्रममा विभागका सचिव रोशनी राई लगायत अन्य अधिकारीहरु उपस्थित थिए। मन्त्री गुरुङले माछा महोत्सवको लागि मत्स्यपालन क्षेत्रलाई बढावा दिने सम्भावना व्यक्त गरे। उनले स्थानीय माछा उत्पादकहरूलाई प्रवर्द्धन गर्न र सिक्किमका माछा कृषकहरूको लागि बजार अवसरहरू बढाउन मदत गर्ने बताए।