नाम्ची: नाम्चीको सोलोफोकस्थित प्रसिद्ध चारधाम तथा सिद्धेश्वर धामको १४औं स्थापना दिवस विविध कार्यक्रमसँगै समाप्त भयो। कार्यक्रममा शहरी विकास विभागीय मन्त्री भोजराज राई मुख्य अतिथिका रुपमा उपस्थित थिए। उल्लेख्य छ. सिद्धेश्वर प्रबन्धन समितिले प्रत्येक वर्ष आफ्नो स्थापना विविध कार्यक्रंमसित आयोजन गर्दै आएको छ। सिक्किमको धार्मिक पर्यटनस्थलको एक मुख्य आकर्षणको रुपमा चर्चित धामले देश विदेशका पर्यटकहरुलाई आकर्षित पार्दै एको छ। आजको कार्यक्रममा उपस्थित अतिथिहरुले यसको प्रसिद्धिबारे खुलेर प्रशंसा गरे। आजको कार्यक्रममा नाम्ची सिङ्गिथाङ क्षेत्रका विधायक सतीशचन्द्र राई, जिल्लापाल अनुपा ताम्लिङ, लगायत विभिन्न अधिकारीहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो।