राजधानीमा जैव अर्थव्यवस्था लक्षित अन्तर्राष्ट्रिय सम्मेलनको तयारी

IMG-20241114-WA0304

गान्तोक: जैविक स्रोत तथा विकास संस्थानले सोसाइटी फर एथनोफार्माकोलोजीको सहकार्यमा जैव स्रोतबाट जैव अर्थव्यवस्था विकास साथै परम्परागत स्रोतलाई बढ़ावा दिने लक्ष्य राखेर अन्तर्राष्ट्रिय सम्मेलन आयोजन गर्ने भएको छ। यो सम्मेलन राजधानी गान्तोकमा १५-१६ नोभेम्बरको दिन हुनेछ। जसमा विश्वभरिका विशेषज्ञहरु सहभागी हुने भएको छ। मानव स्वास्थ्य तथा परम्परागत ज्ञान आधारित जैव स्रोतमाथि ध्यान केन्द्रित गर्दै पूर्वोत्तर क्षेत्रमा प्राकृतिक स्रोतहरूबाट जैव अर्थव्यवस्थाको विकासमाथि चर्चा गर्न विशेषज्ञहरु सहभागी हुनेछन्। यस प्रतिष्ठित कार्यक्रममा १२ विदेशी राष्ट्र, २३ उद्योग, २० परम्परागत चिकित्सक, भारतीय अनुसन्धान संस्थाका ७० विशेषज्ञ अनि भारत र विदेशबाट २६० भन्दा अधिक विद्यार्थीहरूको सहभागिता रहनेछ। सम्मेलनको उद्देश्य पूर्वोत्तर क्षेत्रका प्राकृतिक स्रोतहरूबाट जैव अर्थव्यवस्थाको विकासका समसामयिक पक्षहरूलाई उजागार गर्नु र उदीयमान अर्थव्यवस्थामा परम्परागत ज्ञानमा आधारित जैव स्रोतहरूको प्रभावबारे चर्चा गर्ने लक्ष्य राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement