तुलसी गबार्ड राष्ट्रिय खुफिया निर्देशकको रुपमा  ट्रम्पद्वारा नियुक्त

00-1-Tulsi-Gabard

पूर्वसांसद तुलसी गबार्डलाई अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन्। ट्रम्पको घोषणा पछि तुलसीले एक्समा एक पोस्टमा लेखिन्, ‘धन्यवाद, डोनाल्ड ट्रम्प। अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रीमण्डलको सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि। म तपाईंसँग काम गर्न तत्पर छु।‘ तुलसीलाई यो जिम्मेवारी दिँदै डोनाल्ड ट्रम्पले भने, ‘मलाई यो घोषणा गर्न पाउँदा खुशी लागेको छ, कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नल तुलसी गब्बार्डले राष्ट्रिय खुफिया (डीएनआई) निर्देशकको रूपमा काम गर्नेछिन्।‘ तुलसी गबार्डले अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरिसकेकी छिन्। तुलसीलाई इराक र कुवेतमा आर्मी नेशनल गार्डको रुपमा तैनाथ गरिएको थियो। उनले होमल्याण्ड सेक्युरिटी कमिटीमा पनि दुई वर्षभन्दा बढी समय सेवा गरिन्। तुलसीलाई उनको नामको कारणले प्रायः भारतीय मूलको मानिन्छ, तर उनको भारतसँग कुनै सम्बन्ध छैन। तुलसीका बाबु क्रिस्चियन र आमाले हिन्दू धर्म ग्रहण गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement