काकरभिट्टा: झापाको मेचीनगर वडा नं. १० स्थित निन्दा खोलानजिकै रहेको घारीमा आज बिहान सालनालसहितको नांगै नवजात शिशु (बालिका) लाई स्थानीय सृजना टोलकि इन्दिरा प्रसाईले कमिलाले टोकेर रक्ताम्य पारेको अवस्थामा फेला पारेकी थिइन्।
अधिकारीले तत्काल शिशुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई दिउँसो १ बजे जिम्मा लगाएकि थिइन्।
शिशुको अवस्था सामान्य रहेको र मेचीनगर नगरपालिका वडा नं. १० कार्यालयसँग समन्वय गरी वडा कार्यालयलाई जिम्माबुझाइएको प्रहरी उपरीक्षक मिलन केसीले बताए।सो घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।