कांग्रेस डडेल्धुराले परराष्ट्र मन्त्री आरजु राणाको स्वागतका लागि उर्दी जारी गरे

IMG-20241114-WA0294

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले परराष्ट्र मन्त्री आरजु राणा देउवा गृहजिल्ला आउने भएपछि फूलमालासहित स्वागतका लागि स्थानीय नेता, कार्यकर्ताहरुलाई उर्दी जारी गरेको छ।
पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद समेत रहेकी मन्त्री राणा शुक्रबार अपराह्न डडेल्धुरा पुग्ने कार्यक्रम छ। डडेल्धुरा पार्टी सभापति भीमबहादुर साउँदले सूचना निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई सर्कुलर नै पठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement