ईनिंग्स र ८५ रनले विजयी ईंग्ल्याण्ड, सीरीज १-१-को बराबरीमा

२८ अगस्तः ईंग्ल्याण्डले दोस्रो क्रिकेट टेस्ट म्याचमा दक्षिण अफ्रिकालाई ईनिंग्स र ८५ रनको ठूलो अन्तरले पराजित गऱ्यो। यस जीतको साथै ईंग्ल्याण्डले पहिलो टेस्टमा लाजमर्दो हारको हिसाब चुक्ता गर्नको साथै तीनवटा म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। पहिलो टेस्ट म्याचमा ईंग्ल्याण्ड तीन दिनभित्रै पराजित भएको थियो। यसपाली ईंग्ल्याण्डले पनि म्यानचेष्टरको ओल्ड ट्रेफर्डमा खेलिएको दोस्रो टेस्टमा तीन दिनभित्रै जीत हासिल गऱ्यो। ईंग्ल्याण्डको यस जीतमा अनुभवी पेस बलर जेम्स एण्डरसनको ठूलो योगदान रह्यो, जसले दुवै ईनिंग्समा ३-३ विकेट लिएर दक्षिण अफ्रिकी ब्याटरहरूलाई शीर उठाउने मौका दिएनन्।

दक्षिण अफ्रिकाले पहिलो ईनिंग्समा केवल १५१ रन बनाएको थियो। म्यानचेष्टरको पीचमा एण्डरसन र स्टुअर्ट ब्रडले दक्षिण अफ्रिकी ब्याटरहरूलाई कुनै मौका दिएन्। रगिसो रबाडाले सर्वाधइक ३६ रन बनाए। यसैकारण दक्षिण अफ्रिका १५१ रनसम्म पुग्न सफल भयो। एण्डरसन र ब्रडले ३-३ विकेट लिए। यसरी नै कप्तान बेन स्टोक्सले २ विकेट हासिल गरे।
जवाफमा ईंग्ल्याण्डले ९ विकेटको नोक्सानमा ४१५ रन बनाएर पहिलो ईनिंग्स समाप्त घोषित गऱ्यो। ईंग्ल्याण्डको शीर्ष क्रम फ्लप रहे पनि स्टोक्सले १०३ अनि बेन फोक्सले ११३ रन बनाएर टीमलाई ठूलो स्कोरसम्म पुऱ्याए। जनी बेयरस्टोले ४९ रन बनाए। दक्षिण अफ्रिकी बलरहरूमा एनरिक नोर्खियाले ८२ रन खर्च गरी ३ विकेट लिए।

यसबाहेक रबाडा र केशव महाराजले २-२ विकेट लिए।
पहिलो ईनिंग्सको आधारमा २६४ रनले पछाड़िएपछि दक्षिण अफ्रिकाले दोस्रो ईनिंग्समा पनि केही खास गर्न सकेन। यसैकारण टीम १७९ रन बनाएर अलआउट भयो। कीगन पीटरसनले ४२ अनि रासी भ्यान डर डुसेनले ४१ रन बनाए। यसबाहेक सारेन एर्वीले २५ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा ओरी रबिन्सनले सर्वाधिक ४ विकेट लिए। यसबाहेक एण्डरसनले ३ अनि स्टोक्सले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement