एसआर बीटी कलेज, दार्जिलिङमा स्वागत र बिदाइ कार्यक्रमसहित कलेज स्थापना दिवस कार्यक्रम

IMG-20241114-WA0282

दार्जिलिङ: दार्जिलिङको श्री रामकृष्ण बीटी कलेजमा  स्वागत अनि बिदाइसहित कलेजको स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा एसआर बीटी कलेजका गवर्निङ बडी एमबी खवास उपस्थित रहेकाथिए भने कलेजका प्रमुख प्राध्यापिका लोचन थापासहित अन्य प्राध्यापक-प्राध्यापिकागण, अशिक्षण कर्मचारी साथै प्रशिक्षार्थीहरू उपस्थित रहेका थिए। कार्यक्रममा कलेजमा भर्ना हुने नवीन प्रशिक्षार्थीहरूलाई भव्यतासाथ स्वागत गरियो भने आफ्ना डिग्री प्राप्त गरी बीएड प्रोग्राम समापन गर्ने प्रशिक्षार्थीहरूलाई सुन्दर ढङ्गमा तथा अविस्मरणीय क्षणको साथ बिदाइ दिइयो। कार्यक्रममा प्रशिक्षार्थीहरूले गायन, नृत्य,  कविता वाचन, वाद्यवादन अनि सङ्गोष्टी पत्र प्रस्तुतिद्वारा आ -आफ्ना कला प्रदर्शन गरेका थिए। यस कार्यक्रमलाई पूर्वार्द्धमा सञ्चालकद्वय केवल सिञ्चुरी र बिसिका थामीले सञ्चालन गरे भने कार्यक्रमका उत्तरार्द्धमा नितेश राई र प्रेक्षा लामाले सञ्चालन गरेका थिए। कार्यक्रम बिहान १०:३० बजीदेखि आरम्भ भएर अपराह्न ५ बजे भव्यतासाथ समाप्त भएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement