रहल ४ प्रतिशत बोनसलाई लिएर सिलगढीमा हुने त्रिपक्षीय बैठकलाई केन्द्र गरेर हिल प्लान्टेशन इम्प्लोइज युनियनको पोस्टर अभियान

IMG-20241114-WA0281

खरसाङ: रहल ४ प्रतिशत बोनस लिएर आगामी १६ नोभेम्बरको दिन सिलगडीको दागापुरस्थित श्रमिक भवनमा हुने त्रिपक्षीय बैठकलाई केन्द्र गरेर हिल प्लान्टेसन इम्प्लोइज युनियनले पोस्टरिङ अभियान शुरू गरेको छ। शुरूदेखि नै बीस प्रतिशत बोनस श्रमिकको अधिकार रहेको बताउँदै यस युनियनले जोडतोडले सडक आन्दोलन गरेको थियो। गत ६ नोभेम्बरको दिन कलकत्तामा भएको बैठक समेतमा मालिक वर्गमाथि चाप दिन युनियन कार्यकर्ताहरू कलकत्ता पुगेका थिए। आगामी १६ नोभेम्बरको दिन पहाडका सम्पूर्ण चिया श्रमिकहरू श्रमिक भवन झर्नु पर्ने आह्वान गर्दै आफूहरूले विभिन्न बगानहरूमा पोस्टरिङ गर्ने युनियन प्रतिनिधि अनुपा तामाङले जनाइन्। उनले आफुहरूले कालेबुङ जिल्लाको कुमाइ चिया बगानमा पोस्टरिङ गरेको जानकारी उनले दिइन्। अर्कोतिर टिस्टाभेली चिया बगानको विभिन्न स्थानहरूमा पनि हिल प्लान्टेशन इम्प्लोइज युनियनले व्यापक पोस्टरिङ गरेको जानकारी प्राप्त भएको छ। सिलगडीको डागापुरस्थित श्रमिक भवनमा आगामी १६ नोभेम्बरको दिन सम्पन्न हुने बोनस मिटिङमा सबै श्रमिकहरूलाई उपस्थित भइदिने
युनियनको नेता छेवाङ योञ्जनले आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement