खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोलामा अवस्थित आईएनए मेमोरियल हाई स्कूलमा बाल दिवस साथै वार्षिक खेलकूद कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्कूल सञ्चालन समितिको सभापति समीर बराईलीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा स्कूलकै संस्थापक सभापति एंव वरिष्ठ समाजेसेवी जीएस लामा उपस्थित रहेका थिए। सह शिक्षक युवराज सुन्दासले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण विद्यालयको प्रधान अध्यापिका रूथरानी राईले राखेका थिए। यस विद्यालयमा आयोजित बाल दिवस कम वार्षिक खेलकूद कार्यक्रममा सम्पूर्ण शिक्षक शिक्षिकागण, विद्यार्थीहरू, अभिभावकहरू, स्कूल सञ्चालन समितिको सभापति, सचिव लगायक स्थानीय गाउँलेहरूको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ। विद्यालयको वार्षिक खेलकूद कार्यक्रम अन्तर्गत म्याराथन दौड आयोजना गरिएको थियो जुन स्कूलको माथिपट्टि रहेको लिफ्ट सेटबाट शुरु गरेर शिव मन्दिरसम्म पुगेर गाउँले रोड हुँदै विद्यालय परिसरसम्म आयोजना गरिएको जानकारी प्राप्त भएको छ। यसमा प्रथम, दोस्रो, तेस्रो प्रतियोगीहरूलाई प्रमाण पत्र र मेडलहरू प्रदान गरिएको बताइएको छ। वार्षिक खेलकूद कार्यक्रम अन्तर्गत खाली बोत्तलमा पानी भर्ने, आई क्यु टेस्ट, खुट्टा बाँधेर रेस, झुण्डाइएको वनरोटी खाने प्रतियोगिता आयोजना गरिएको थियो। यसको साथै विद्यालयको जुनियर र सिनियरहरूलाई लिएर आयोजना गरिएको मिनी पोष्ट फुटबल टुर्नामेन्टको फाइनल खेल पनि सम्पन्न गरिएको छ। कार्यक्रममा मार्च पास्ट, ड्रिल अनि नानीहरूले नृत्य पनि प्रस्तुत गरेका थिए। यसको साथै बाल दिवसको अवसरमा राष्ट्रिय झण्डाको टटउत्तोलनसितै राष्ट्रिय गान पनि गाइएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित जीएस लामाले आईएनए मेमोरियल हाई स्कूलमा विगत २६ वर्षदेखि लगातार रूपमा शिक्षा क्षेत्रमा ठूलो योगदान दिन्दै आईरहेको छ र यस विद्यालयलाई हामी सबैले मिलेर संरक्षण गर्न आवश्यक छ भनी बताएका छन्। विद्यालयमा आयोजित बाल दिवस र वार्षिक खेलकूद कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सह शिक्षक युवराज सुन्दासले वर्तमान समयमा गाउँ बस्तीको विद्यालयहरूको अवस्था चिन्ताजनक रहेको र दिन प्रतिदिन विद्यार्थीहरू घट्दै गएको अनस्थामा रहेको बताएका छन्।

उनले सम्पूर्ण गाउँलेहरू र अभिभावकहरूलाई सम्बोधन गर्दै नानीहरूलाई पढ़नलाई अन्यत्र नपठाई दिने तर गाउँकै स्कूलमा पढाई दिने अनुरोध पनि गरेका छन्। गाउँमा रहेको विद्यालय भए यस विद्यालयले धेरै मात्रामा उन्नति गरेको साथै विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेको अनि विद्यालयमा विद्यार्थीहरूका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिएको पनि बताएका छन्। उनले यस विद्यालयको संरक्षण गर्न आवश्यक रहेको कारण यो विद्यालय सबैको साझा सम्पत्ति रहेको बताएका छन्।