खरसाङ: गोर्खा जातिको अस्तित्व र गोर्खाको लागि धेरै प्रमोशन भईरहेकोले नेताहरूलाई बधाई र शुभकामना छ भनी बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले ब्यंग्यात्मक तरिकाले बताएका छन्। उनले ब्यग्यात्मक तरिकाले बोल्दै भने, ‘म एकजना धर्म गुरु भएकोले पनि हजुर नेताहरूलाई बधाई र शुभकामना दिन चाहान्छु।’
उनले भनेका छन् -‘जनताले नेताहरूलाई दश क्लास उत्तीर्ण गराएको थियो तर हजुरहरूको हेड मास्टर आएर चार क्लासमा झारिदियो।’
उनले खरसाङको विकास पनि देखियो भन्दै राज्यकी मुख्यमन्त्री आउँदा बजारभरि झण्डै झण्डा र अब फर्केपछि खाल्डै खाल्डा भएर जनताको विजोग छ भनी आरोप लगाएका छन्। पेम्बा रिम्पोर्छेले गोर्खाल्याण्ड भनेर सम्पूर्ण दार्जिलिङ पहाड़ र भारतभरि छरिएर बसेका गोर्खाहरूको मांग थियो तर अहिले गोर्खे हाटमा सिमित रहेको भन्दै नेताहरूलाई बधाई दिएका छन्।