कोलकाता: बिहीबार पश्चिम बंगालका राज्यपाल डा सी भी आनन्द बोसले एक प्रमुख शैक्षिक संस्था ‘एलिट माइण्ड्स’को उद्घाटन गरेर शिक्षा क्षेत्रमा नयाँ अध्यायको शुरुवात गरेका छन्। बाल दिवसको विशेष अवसरमा आयोजना गरिएको समारोहमा राज्यपाल डा बोसले यस संस्थाको भव्य उद्घाटन गरे। शहरको मध्य भागमा स्थापना गरिएको शिक्षण संस्था ‘एलिट माइण्ड्स’को मुख्य उद्देश्य समाजमा व्यापक शिक्षा प्रदान गर्नु हो, जसले न केवल शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्छ, बरु समग्र विकासलाई पनि सहयोग पुर्याउँछ।

संस्थाले आफ्ना विद्यार्थीहरूको लागि विभिन्न प्रकारका सह-पाठ्यक्रम क्रियाकलापहरू प्रदान गर्दै उत्कृष्ट शिक्षा सुनिश्चित गर्न कटिबद्ध छ। यस अवसरमा ‘एलिट माइण्ड्स’की निर्देशक सुश्री श्रुति शर्माले भनिन्, ‘मैले आफ्ना बालबालिकाहरूका लागि सही गुरु खोज्नमा धेरै चुनौतीहरूको सामना गरें। यहींबाट समाजमा बालबालिकाहरूका लागि एक सुरक्षित स्थानको आवश्यकता महसुस गरें, जहाँ बालबालिकाहरूले शिक्षा ग्रहण गर्दा आफ्नो शैक्षिक र समग्र विकासको दिशामा काम गर्न सकून्।‘ उनले थपिन्, ‘यो स्थान एउटा शिक्षण केन्द्रमात्र नभई, बालबालिकाहरू र उनीहरूका अभिभावकहरूको सपनाहरूलाई पनि उडान दिने ठाउँ हो।‘

बिहीबार आयोजित भव्य उद्घाटन समारोहमा रिबन काट्ने कार्यका साथ साथ, यो क्षणलाई सम्झन योग्य बनाउन केक काटेर सुश्री श्रुति शर्माले स्वागत भाषण दिइन्। राज्यपालले आफ्नो भाषणमा नयाँनयाँ ज्ञानको संचार गर्दै गुणस्तरीय शिक्षा र समग्र विकासको महत्वमाथि जोड दिए।

‘एलिट माइण्ड्स’को एउटा विशेषता यसको व्यक्तिगत करियर परामर्श सेवा हो, जसले विद्यार्थीहरूलाई आफ्नो भविष्यबारे सचेत निर्णय गर्न मद्दत पुर्याउँछ। संस्थाको अनुभवी संकाय र अत्याधुनिक शिक्षण विधि मिलेर विद्यार्थीहरूलाई समृद्ध र आकर्षक शिक्षा अनुभव प्रदान गर्छन्। ‘एलिट माइण्ड्स’लाई अपनाएर अभिभावक र विद्यार्थीहरूले शैक्षिक उत्कृष्टता, समग्र विकास र भविष्यको सफलतालाई प्राथमिकता दिने साझेदारीप्रति विश्वस्त हुन सक्छन्।