२८ अगस्तः नव मिलन परिवार (Nawa Milan Pariwar), धोतरिया बालासन पुल बजारको तत्त्वावधानमा बालासन कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। इण्टेक नजिक धोतरिया बालासन पुल बजार खेल मैदानमा हुने यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ४००० रुपियाँ तोकिएको छ। प्रवेश शुल्क जमा गर्ने अन्तिम मिति १५ सेप्टेम्बर रहेको छ।