४०औं गवर्नर्स गोल्ड कपः रोमाञ्चक जीत हासिल गरी क्वार्टर फाइनलमा पुग्यो नर्थईष्ट युनाइटेड

IMG-20241114-WA0259

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा बिहीवार नर्थईष्ट युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान प्रवेश गऱ्यो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको म्याचमा नर्थईष्ट युनाइटेड फूटबल क्लबले खावज्वाल भेंगथार एफसी (मिजोरम)-विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। म्याचको जम्मै गोल अतिरिक्त समयको खेलमा भयो। नियमित ९० मिनटको खेलमा दुवै टीमले गोल गर्न सकेन। अतिरिक्त समयको खेलमा विजेता टीमबाट ओडिशाका फरवर्ड बेकी ओरमले ९४औं र १०९औं मिनटमा २ गोल गरे। अन्य एउटा गोल मोहम्मद जाहानले ११०औं मिनटमा गरे। यसरी मिजोरमको टीमबाट भी लालह्रिआतेरेंगाले ११६औं मिनटमा गोल गरे। नर्थईष्ट युनाइटेडले अब १८ नोभेम्बरमा खेलिने क्वार्टर फाइनलमा रोयल फूटबल क्लब (दुबई)-को चुनौती स्वीकार्नेछ। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम),पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।

भोलिको म्याच (प्री-क्वार्टर फाइनल) डायमण्ड हार्बर फूटबल क्लब बनाम चेन्नईयीन फूटबल क्लब

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement