युवा शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

IMG-20241114-WA0258

युवा शक्तिद्वारा मुख्यमन्त्रीलाई धन्यवाद साथै अनित थापालाई बधाई

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्ति खरसाङ महकुमा समितिको सभा युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङको अध्यक्षता सम्पन्न भएको छ। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा युवा शक्तिको सशक्तिकरण अनि खरसाङ महकुमा समितिभित्र पर्ने १३ वटै समष्टिहरूका युवा शक्तिको सांगठनिक सभाहरू राख्नु पर्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै खरसाङ महकुमा समितिभित्र पर्ने १३ वटै समष्टिहरूमा रहेका युवा शक्तिको प्रतिनिधिहरूलाई लिएर आगामी २४ नोभेम्बरमा खरसाङ महकुमा समितिको आयोजनामा युवा शक्तिको सांगठनिक सभा राखिने भएको छ। यस सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सचिव विज्ञान मिश्रले आज युवा शक्ति खरसाङ महकुमा शक्तिको सांगठनिक सभा सम्पन्न भएको र उक्त सभामा युवा शक्तिको सांगठनिक गतिविधि र अन्य विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। उनले खरसाङ महकुमा समितिको अधीनमा रहेका १३ वटा समष्टिका युवाहरूलाई लिएर सभा आयोजना गरिएको बताएका छन्। उनले यसको साथै वर्तमान समयमा पहाड़ भ्रमणा रहेकी राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीए प्रमुख अनित थापाको कार्यलाई हेर्र अझ क्षमता दिएकोमा मुख्यमन्त्रीप्रति आभार प्रकट गर्दै अनित थापालाई युवा शक्ति खरसाङ महकुमा समितिको तर्फबाट बधाई पनि दिएका छन्। उनले युवा खरसाङ महकुमा समिति सदैव पार्टी अध्यक्ष अनित थापाको साथमा रहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement