होजाई(असम): होजाई जिल्लाको लंका पुलिसले विदेशी सुपारी समेत एकजना तस्करलाई पक्राउ गरेको छ। गुप्त सूचनाको आधारमा चलाइएको अभियान अवधि एउटा ई-रिक्शाबाट तीन बोरा विदेशी सुपारी जफत गरिएको छ औ यस मामिलामा एकजना तस्करलाई पक्राउ गरिएको छ जसको पहिचान इनामुल हकको रूपमा गरिएको छ जसले ई-रिक्शा चलाइरहेको थियो। ज्ञात रहोस्, असम पुलिसद्वारा विदेशी सुपारीविरूद्ध लगातार अभियान चलाइरहेको छ। तथापि अवैध ढंगमा विदेशी सुपारीको तस्करी हुन छोड़ेको छैन। पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी आरोपीसित गहन जाँचबुझ गरिरहेको छ।