गुवाहाटी रेलवे स्टेशनमा ट्रेन रद्द भएको कारण मच्चियो खैलाबैला

images_9

गुवाहाटी(असम): गुवाहाटी-सिलचर ट्रेन अन्तिम समयमा रद्द भएको कारणले गए १३ नोभेम्बरको राती गुवाहाटी रेलवे स्टेशनमा कोहोलो मच्चियो। जानकारी अनुसार सिलचर जानका लागि राती ट्रेनमा सवार हुन धेरै संख्यामा युवा उम्मेद्वारहरू स्टेशनमा आइपुगेका थिए जहाँ उनीहरूलाई सेनाको भर्ती परीक्षामा सामेल हुनुथियो।अन्तिम समयमा ट्रेन रद्द भएको घोषणाले फसेका यात्रीहरू उत्तेजित भए। असमका विभिन्न क्षेत्रहरू यहाँसम्म कि राज्य बाहिरबाट यात्रा गर्ने मानिसहरू समेत पल्टन बजार थाना सामु एकत्र भएर रेलवेको विरोधमा नाराबाजी गरे। स्थितिलाई नियन्त्रण गर्नको लागि तुरून्त सुरक्षा बलहरूलाई स्टेशनमा तैनाथ गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement