सुन-चाँदीको गहना चोरीको मामिलामा दुई महिला पक्राउ

IMG-20240911-WA0020

होजाई(असम): होजाई जिल्लाको सोनारी क्षेत्रस्थित एक घरबाट सुन-चाँदीका गहनाहरू चोरी गरेको आरोपमा पुलिसले दुईजना महिलाहरूलाई पक्राउ गरेको छ। गए बुधवार सुनार दिनेश दासको घरमा भाड़ामा बस्ने कृष्णा नगरकी मनती दास नामक महिलाले लगभग दश लाख रुपियाँको सुन-चाँदीका गहनाहरू चोरी गरेर भागिन्।घटनाको सम्बन्धमा दिनेश दासद्वारा होजाई थानामा प्राथमिकी दर्ता गराइएको थियो। सोही प्राथमिकीको आधारमा पुलिसले चोरीको मामिलामा मनती दास र लंकाकी दुलूरानी दासलाई पक्राउ गरेको छ। मनती दासले चोरी गरिएका आभूषणहरूलाई आफ्नी आमादुलूरानी दासको घरमा लुकाएर राखेकी थिइन्। पुलिसले ७० प्रतिशत आभूषण जफ्त गरिसकेको छ भने रहल आभूषणको बारेमा पत्तो लगाउन पुलिस जुटेको छ। पुलिसले यस सम्बन्धमा दर्ता प्राथमिकीको आधारमा दुवै महिलाहरसित गहन जाँचबुझ गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement