नगाउँ (असम): नगाउँ जिल्लाको जुरियास्थित माहेरीपार क्षेत्रमा एकजना युवकले एक युवतीसित दुष्कर्म गरेको घटना प्रकाशमा आएको छ।सो युवतीको परिवारद्वारा दर्ता गरिएको सिकायत अनुसार गए राती युवतीको घरमा कोही पनि थिएन जसको फाइदा उठाएर माहेरीपार निवासी मोहम्मद अलीले युवतीसित दुष्कर्म गऱ्यो।
त्यसपछि आरोपी घटनास्थलबाट भाग्यो।घटनाको जानकारी पाउनसाथ परिवारले युवतीलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारको निम्ति नगाउँ मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरायो। प्राप्त जानकारी अनुसार युवती आफ्ना भेनाको घरमा घुम्न आएकी थिई। यसै अवधि मोहम्मद अलीले उससित दुष्कर्म गऱ्यो। पुलिसले दर्ता प्राथमिकीको आधारमा सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।