सिलगढी: हात्तीको आक्रमणमा एकै परिवारका दुई दाजुभाईको मृत्यु भएपछि नक्सलबारीको हाथिघिसा मौरी जोटामा शोक छाएको छ। बुधबार अबेर राति सञ्जय उराव र अजय उराव काम सकेर घर फर्किरहेका थिए। मतिगढा स्थित शपिङ मलमा सेक्युरिटी गार्डको काम गरेर मोटरसाइकलमा हातिघिसा फर्किरहेका थिए। बागडोग्रा पुलिस चौकी इलाका केशतपुरमा हात्तीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पुलिस र वन विभागले घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी उत्तर बंगाल मेडिकल कलेज अस्पताल पुर्याए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे। हात्तीको हमलामा यो दु:खद दुर्घटना भएको वन विभागको प्रारम्भिक अनुमान छ। घटनापछि स्थानीय जनप्रतिनिधि अरुण घोषले मृतकका परिवारको साथमा उभिने र सो क्षेत्रमा सडक बत्ती जडान गर्ने आश्वासन दिए। यसका साथै परिवारलाई आर्थिक सहयोग गर्न र राति सजग रहन सल्लाह दिइयो।