५० लाखको लागुऔषधसहित त्रिपुराका दुई जना पक्राउ

IMG-20241114-WA0203

 मालदा: मालदाको गजोल थानाको पुलिसले त्रिपुराका दुई जनालाई ५० लाख रुपियाँको लागुऔषधसहित पक्राउ गरेको छ। यो लागुऔषध एसटीएफसँगको संयुक्त अभियानमा जातिय मस्राद नम्बर ३४ मा बरामद गरिएको हो। पक्रा परेका  दुवै जना त्रिपुराका पुलिस उपरीक्षक प्रदीपकुमार यादवले बताए। पक्राउ पर्नेमा रतन देवनाथ (५३) र महेश सरकार (३१) रहेका छन्। उनीहरु लागुऔषध बोकेर त्रिपुराबाट नादिया जाँदै थिए। गाजोल ब्लकको मसलदिघी क्षेत्रमा रहेको राष्ट्रिय राजमार्ग न० १२ मा पुलिसले शंकाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको खोजी गर्दा करिब ५ सय ग्राम ब्राउन सुगर बरामद भएको समाचार छ। जसको अनुमानित बजार मूल्य करिब ५० लाख रुपियाँ रहेको छ। पक्राउ परेकाहरुलाई लागुऔषध कारोबारका मुख्य अभियुक्तहरुको खोजीका लागि सोधपुछ भइरहेको पुलिसले जनाएको छ। पक्राउ परेकाहरुबाट लागुऔषध कारोबार सम्बन्धी सबै प्रकारका सूचना संकलनको प्रयास भइरहेको छ। नादियामा यो औषधी कहाँबाट आपूर्ति गरिँदै थियो भन्ने बारेमा अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement