गुवाहाटी(असम): गुवाहाटी पुलिसको एक टीमले साइबर अपराधीहरूविरूद्ध एउटा ठूलो अभियान संचालन गरी आठजना मानिसहरूलाई पक्राउ गरेको छ।म्यूल ब्यांक अकाउण्ट नेटवर्कविरूद्ध एक विशेष अभियान चलाउँदै गोरचुक पुलिसको टीमले बोरगाउँको बामुनपारा रोड क्षेत्रमा अवस्थित तालुकदार होटल एवं लजमा छापा माऱ्यो।छापामारीमा गए राती १५ जना मानिसहरूलाई हिरासतमा लिइयो। यिनीहरूसित भएको जाँचबुझमा साइबर अपराधीहरूले धन शोधनको लागि म्यूल ब्यांक अकाउण्ट नेटवर्कको खुलासा गरे। यस गिरोहले अशिक्षित वा साधारण मानिसहरूलाई उनीहरूको नाममा ब्यांक खाता खोल्नको लागि २०,००० रुपियाँ दिन्थ्यो अनि त्यसलाई साइबर अपराधीहरूलाई बेचेर ८०,००० रुपियाँ कमाउँथ्यो। त्यसपछि अपराधीहरूले यी ब्यांक खाताहरूको प्रयोग पीड़ितहरूको धोकाधड़ीयुक्त पैसाको लेनदेनको लागि गर्दथे।

यस मामिलामा आठजना मानिसहरूलाई पक्राउ गरिएको छ जसको पहिचानबरपेटाका शाह आलम (२९), अजीजुल हक (२५), रुबुल हुसैन खान (३७), कोयाकुचीका अलामिन खान (२५), बरपेटा सदरका काजी सद्दाम हुसैन (३२), अब्दुल कलाम (३१), बारपेटा रोडका अजिम उद्दीन अली (३७) औ बरपेटाका हसन अली (३६)- को रूपमा गरिएको छ।