अलीपुरद्वार: चितुवाको हमलामा एकजना चिया श्रमिक घाइते भएको घटना बिहीबार कालचिनी ब्लकको भातखावा चिया बगानमा घटेको हो।
आज बिहान, बगानको सेक्शन नम्बर ११ बी-मा चितुवाले एकजना श्रमिकमाथि आक्रमण गर्यो। यसपछि घाइते श्रमिकलाई उद्धार गरेर लताबाडी ग्रामीण अस्पताल पुऱ्याइयो। हाल घाइते श्रमिकको अस्पतालमा उपचार चलिरहेको छ।