पुष्पा क्षेत्री हत्या प्रकरणः आरएफएसएलको टोलीले घटनास्थलको अनुसन्धान गरे

IMG-20240717-WA0001

सिलगढी: पुष्पा क्षेत्री हत्या प्रकरण भएको ६ दिन बितिसकेको छ। तर यो हत्याको रहस्य भने अझै बाँकी नै छ। योसँगै हत्या गर्ने अपराधी भने खुलेआम घुमिरहेका छन्। पुष्पा क्षेत्री हत्या प्रकरणको पर्दाफास गर्न जलपाईगुडीबाट फोरेन्सिक विशेषज्ञ आरएफएसएल टोली सिलगढी पुगेको छ। उल्लेखनीय छ कि सिलगढी नगरपालिकाको वार्ड नम्बर ४३ अन्तर्गत तल्लो भानुनगर क्षेत्रमा २५ वर्षीया पुष्पा क्षेत्रीको घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको थियो। यो हत्याले सिंगो सहरमा सनसनी मच्चाएको छ। घटनापछि भक्तिनगर थानाले अनुसन्धान थालेको छ।अर्कोतर्फ, अनुसन्धानलाई गति दिन, क्षेत्रीय फरेन्सिक विज्ञान प्रयोगशालाको तीन सदस्यीय टोली घटनास्थलको विस्तृत अनुसन्धान गर्न हिजो साँझ जलपाईगुडीबाट आइपुगेको छ। जानकारीका अनुसार आरएफएसएलको टोलीले घटनास्थलबाट रगतको नमूना र फिंगर प्रिन्टलगायतका धेरै प्रमाण सङ्कलन गरेको छ। फोरेन्सिक टोलीको सहयोगमा पुलिसले हरेक कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ। अब पुष्पा क्षेत्री हत्या प्रकरणबाट पर्दा कहिले हट्छ र पुष्पाले न्याय कहिले पाउँछन् त्यो भने हेर्न बाँकी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement