नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ९,४३६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४४,०८,१३२ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ १५७ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। गोवा सरकारले मृतकको संख्या परिमार्जन गरेकोले गोवाकाे मृत्यु हुनेको संख्या १०१ रहेको छ। पछिल्लो २४ घण्टामा केरलामा कोभिडका कारण २८ जनाको मृत्यु भएको छ । अहिलेसम्म देशमा यो रोगले कुल ५,२७,७५४ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ९,९९९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,३७,९३,७८७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६२℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज घटेर ८६,५९१ पुगेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३,२२,५५१ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८८,५०,४२,८०१ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २६,५३,९६४ जनाले कोरोना खोप लगाउनको साथ कुल २,११,६६,३५,४०८ जनाले यो खोप लगाइसकेको छन्।