सिलगढी: रांगापानी क्षेत्रमा रेलवे लाइनमा एक व्यक्तिको रगत लतपतिएको शव फेला परेको छ। आज बिहान स्थानीयले शव देखे। पुलिसलाई खबर गरेपछि पुलिसले घटनास्थलमा पुगेर शव बरामद गर्यो। व्यक्तिको नाम भने अझै सार्वजनिक गरिएको छैन। तर व्यक्तिको शरीरमा चोटका निशानहरू छन्। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।
