मङपू: मङपू रेसेप ग्राम पञ्चायत अन्तर्गत पर्ने भष्मे धुरा निवासी कल्याण खवासका २३ वर्षीय छोरा प्रतीक खवासको हिजी राति करिब १०.४५ बजे बाइक दुर्घटनामा परेर मृत्यु भएको दु:खद समाचार प्राप्त भएको छ। मङपू रेसेप बजार डाकघर नजिक बत्तीको पोलमा लागेर उनको मृत्यु भएको मङपू आउट पोस्ट प्रभारी ओसी आईनुल हकले बताएको छ। घटना हुन साथ मङपू आउट पोस्टका पुलिस दल अनि स्थानीय जनताको सहयोगमा घाइते युवकलाई उद्दह्र उद्धार गरेर रम्बी अस्पतालमा उपचारको निम्ति पठाएको थियोl तर अस्पतालका डक्टरले प्रतीक खवासलाई मृत घोषित गरेपछि पोस्टमर्टमको निम्ति कालेबुङ पठाएको छ। उनको मृत्युले मङपू क्षेत्रमा लहर छाएको छ।