हिमाली बस्तीमा  रेडपाण्डाहरु आहारको खोजीमा भौतारिन्छन्

IMG-20241114-WA0156

फुङलिङ (नेपाल): ताप्लेजुङको हिमाली क्षेत्र फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका तेन्जिङ शेर्पाले खिचेको रेडपाण्डाको तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छयाप्छाप्ती देख्न सकिन्छ। ओलाङचुङगोलाको बस्ती र याङ्मा जाने बाटोमा खिचेको तस्बिरमा उनले ‘ती रेड पाण्डा  आहारको खोजीमा बस्तीतर्फ आउने क्रम रहेको बताउँछन्’ अहिले स्थानीय मानिसहरु रेडपाण्डाको तस्वीर खिच्न व्यस्त देखिएको छ। ‘उनीहरुले नजिकबाट तस्वीर खिच्दा आत्म सन्तुष्टि भएको अनुभव सुनाउछन्’, आफूले खिचेको तस्वीरहरु सार्वजनिक सन्जाल मार्फत सार्वजनिक गरेको  तेञ्जिङ शेर्पाले बताए, ‘यतातिर बस्तीनजिकै रेडपाण्डा देख्न मज्जाले पाइन्छ।’ यो कञ्चजनंघा संरक्षण क्षेत्रमा पर्दछ। संरक्षणको कार्यक्रम अन्त भएपनि पर्यटकले हेर्ने देख्नेगरिको रेडपाण्डा ओलाङचुङगोला क्षेत्रमा रहेको बस्तीमा सहजै पाईने तेञ्जिङले बताउछन्। मानिसबाट कुनै जोखिम नरहेकाले मान्छे हिँडडुल गर्दा नजिकसम्म आउने गरेको उनले बताए। रेडपाण्डा नेटवर्कले फुङलिङ नगरपालिका लगायतको क्षेत्रमा संरक्षण सम्बन्धी कार्यक्रम गर्दै आएको छ। ताप्लेजुङ, पाँचथर, इलामलाई रेडपाण्डाको राम्रो वासस्थान रहेको जिल्लामा सुचीकृत गरिएको छ। तीन जिल्लामा तीन सयको हाराहारीमा रहेको अनुमान गरिएपनि यतिकै संख्यामा छ भन्ने यकिन नभएको संरक्षणकर्मी बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement