चीर हरण

चोरको मुहार हुँदैन

जरूरत मात्रै

त्यसैले त तिमी नभएको बेला पस्यो

त्यो तिम्रो घर भित्रै

तिम्रोमा छ जसको उसलाई खाँचो छ

तिमीले त सामान हराएको मात्रै थाहा पायौ

तिम्री आमाको पुरानो धूलो लागेको फ्रेम पुछेर, ढोकेर गयो त्यो

आशिर्वाद लग्यो सित्तैमा।।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement