पहिलो वनडे म्याचमा श्रीलंका ४५ रनले विजयी

IMG-20241114-WA0161

दाम्बुला: श्रीलंकाई टीमले दाम्बुला मैदानमा न्यूजील्याण्डलाई वनडे सीरीजको पहिलो म्याचमा डकवर्थ लुईस पद्धतिद्वारा ४५ रनले पराजित गऱ्यो। यो श्रीलंकाको घरेलु मैदानमा यस साल १०औं जीत हो। क्रिकेटको वनडे प्रारूपमा श्रीलंकाले यस साल असाधारण प्रदर्शन गरेको छ। उनीहरूले १३ वटा म्याच खेलेर १० वटा जितेको छ। यस अवधि श्रीलंकाले केवल एउटा म्याचमा हारको सामना गर्नु पऱ्यो। एउटा म्याच टाई रह्यो भने अन्य एउटा रद्द भयो। वर्षाले वाधा पुऱ्याएको म्याचमा श्रीलंकाले पहिला ब्याटिंग गर्दै अविष्का फर्नाण्डो (१०० रन) र कुसाल मेण्डिस (१४३ रन)-को शतकको सहायताले ४९.२ ओभरमा ४ विकेट गुमाएर ३२४ रन बनायो। फर्नाण्डोले ११५ बल खेलेर ९ वटा चौका र २ वटा छक्का लगाए। यसरी मेण्डिसले १२८ बल खेलेर १७ वटा चौका र २ वटा छक्का लगाए। केवल १७ रनमा पहिलो विकेटको पतनपछि फर्नाण्डो र मेण्डिसले दोस्रो विकेटको निम्ति २०६ रनको पार्टनरशीप गरी श्रीलंकालाई विशाल स्कोर तर्फ अग्रसर गराए। यी दुई बाहेक कप्तान चरिथ असालंकाले ४० रन बनाए। न्यूजील्याण्डका बलरहरूमा डेकब डफीले सर्वाधिक ३ विकेट लिए। जवाफमा २७ ओभरमा २२१ रन बनाउने संशोधित लक्ष्यलाई अघि राखेर खेल्दै न्यूजील्याण्डले ९ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो। विल यंग र टिम रबिन्सनको ओपनिंग जोड़ीले पहिलो विकेटको निम्ति १३.२ ओभरमा ८८ रनको पार्टनरशीप गरे पनि मीडलअर्डरको निराशाजनक प्रदर्शनले गर्दा न्यूजील्याण्ड पराजित भयो। यंगले ८ वटा चौकाको साथ सर्वाधिक ४८ रन बनाए। यसबाहेक रबिन्सनले ३५ र माइकल ब्रेसवेलले अविजित ३४ रन बनाए। श्रीलंकाई बलरहरूमा दिलशान मदुशंकाले सर्वाधिक ३ विकेट लिए। यसरी महीश तीक्ष्णा र चरिथ असालंकाले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement