तान किम बने सात्विक-चिरागको नयाँ प्रशिक्षक

IMG-20241114-WA0154

नयाँ दिल्ली: विश्वका पूर्व नम्बर एक पुरुष युगल जोड़ी सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीलाई सफलताको शिखरमा पुऱ्याउने दिग्गज तान किम हेर फेरि एकपल्ट यी दुईजनालाई साथ दिन तयार छन्। थोमस कप, एशियाड र कमनवेल्थ गेम्समा पदक विजेता मलेशियाका तान तेस्रोपल्ट भारतीय ब्याडमिण्टन टीमको युगल प्रशिक्षक बन्न गइरहेका छन्। मलेशिया, थाईल्याण्ड र जापान जस्ता देशहरूका प्रशिक्षक रहिसकेका तान किम हेरले नै सात्विक र चिरागको जोड़ी बनाएका थिए। उनको प्रशिक्षणमै भारतीय जोड़ीले विश्वभरि सफलताको झण्डा गाड़ेको थियो। पेरिस ओलम्पिकपछि डेनमार्कका मथायस बोए पदबाट हट्दा सात्विक र चिराग नयाँ प्रशिक्षकको खोजमा थिए। यी दुवै तानलाई प्रशिक्षकको भूमिकामा चाहन्थे। यी दुईजना आग्रहमै उनी फेरि एकपल्ट भारतसँग अनुबन्धको निम्ति तयार भएका छन्। उनलाई १० हजार अमेरिकी डलर (लगभग ८.५ लाख रुपियाँ) प्रति महिना वेतन दिइनेछ। यसरी भारतीय ब्याडमिण्टन संघले तान किमको साथमा एकलको निम्ति इण्डोनेशियाका दिग्गज कोच इरवासियाह आदी प्रात्मालाई नयाँ प्रशिक्षक नियुक्त गऱ्यो। प्रात्मालाई पनि १० हजार अमेरिकी डलर प्रति महिना वेतन प्राप्त हुनेछ। यी दुईजना बाहेक इण्डोनेशियाका एकल प्रशिक्षक ड्वी क्रिस्टियावानलाई संघले कायम राख्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement