तेञ्जिङ नर्बु छेत्री बने पहिलो शीतकालीन राज्यस्तरीय स्नोकर च्याम्पियन

photocollage_202411140365714

गान्तोक: स्नोकर एसोसिएशन अफ् सिक्किमद्वारा आयोजित पहिलो शीतकालीन राज्य स्तरीय स्नोकर च्याम्पियनशीप प्रतियोगितामा तेञ्जिङ नर्बु छेत्री च्याम्पियन बनेका छन्। उनले रोमाञ्चक फाइनल खेलमा नाम्चीका तितस सुब्बालाई पराजित गरी सो उपाधि पाएका हुन्।
देउरालीस्थित द क्यु क्लबमा आयोजित फाइनलमा विजेता छेत्रीले २ फ्रेमविरुद्ध ५ फ्रेमले जीत हासिल गरे। सीता देवी शर्माको स्मृतिमा आयोजित यस प्रतियोगितामा राज्यको ६ वटै जिल्लाका मोठ ५५ खेलाड़ीहरूले सहभागिता जनाएका थिए। प्रतियोगीहरूको निम्ति ३००० रुपियाँ प्रवेश शुल्क राखिएको थियो भने विजेतालाई १.५ लाखसँग आकर्षक ट्रफी एसोसिएशनका अध्यक्ष बासु शर्माको हातबाट प्रदान गरियो। यसरी नै उप-विजेतालाई आकर्षक ट्रफीसँगै ७५ हजार रुपियाँ प्रदान गरियो भने सेमिफाइनलमा प्रवेश सुमन विश्वकर्मा अनि मनीष थापालाई नगद राशि २५ हजार रुपियाँ प्रदान गरियो। यसरी नै शीर्ष ब्रेकरलाई पनि २५ हजार रुपियाँ नगद राशि प्रदान गरियो।

About Author

Advertisement