२० नोभेम्बरको दिन राज्यस्तरीय साकेवा पर्व पालन गर्ने

IMG-20240717-WA0003

गान्तोक: अखिल किराँत राई संघको पहलमा आगामी २० नोभेम्बरको दिन योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत ताथाङ खेल मैदानमा राज्यस्तरीय साकेवा पर्व पालन गरिने भएको छ।यस कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित हुने अखिल किराँत राई संघका अध्यक्ष मोहन दुङमालीले जानकारी गराएका छन्। आज राजधानीस्थित जर्नलिस्ट युनियनको कार्यालयमा आयोजित पत्रकारहरूलाई सम्बोधन गर्दै अध्यक्ष दुङमालीले उक्त कुरा जानकारी गराए हुन्।

About Author

Advertisement