पाकिम बजारका व्यवसायिक प्रतिष्ठानहरूमा खाद्य विभागको छड़्के भ्रमण

IMG-20241113-WA0267

पाकिम: जिल्ला नागरिक आपूर्ति अधिकारी (डीसीएसओ) भीम प्रधानको अगुवाइमा पाकिम फुड गोदामका एसिस्टेन्ट सब इन्सपेक्टर र पाकिम पुलिसका अधिकारीहरूको एउटा संयुक्त टोलीले आज पाकिम बजारका विभिन्न व्यवसायिक प्रतिष्ठानहरूको छड़्के भ्रमण गरेर खाद्यान्न तथा विभिन्न आवश्यक सामाग्रीहरूको मूल्यहरूको जाँच गरे। भ्रमणअवधि निरीक्षण टोलीले पाकिम बजारका दोकानहरूमा विशेष गरेर खाद्य पदार्थको सुरक्षा सम्बन्धमा व्यापक लापरवाही भेटाए। केही खाद्या पदार्थ जफ्त पनि गरियो।
भ्रमण अवधि निरीक्षण टोलीले व्यवसायीहरूको व्यापर लाइसेन्स सम्बन्धमा पनि कानूनको उल्लङ्घन गरिएको फेला पारेको छ। कही लाइसेन्सहरू सबलेट गरिएको पाइयो। यस मामिलामा आरोपीहरू विरुद्ध आवश्यक कानुनी कार्यवाही गरिने भएको छ।
भ्रमण अवधि अधिकाहीरूद्वारा खाद्य सुरक्षा साथै व्यापार लाइसेन्स सम्बन्धमा स्थानीयवासीहरू विशेष गरेर व्यवसायीहरूलाई सचेत पनि गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement