पाकिममा ई-सेवामार्फत प्रमाणपत्र वितरण

IMG-20241113-WA0266

पाकिम: पाकिम जिल्ला प्रशासनले ई-सेवा अभियानलाई तीव्रता दिँदै प्रत्येक ब्लक प्रशासनिक केन्द्रमा ई-सेवा प्रमाणपत्रहरु वितरण गरेको छ। यसअन्तर्गत आज पाकिम ब्लक प्रशासनिक केन्द्रले आवेदकहरूलाई ई-सेवाहरू र ई-प्रमाणपत्रहरू उपलव्ध गराउने कार्यलाई औपचारिक रूपमा प्रारम्भ गरेको छ। जिल्ला प्रशासनले १२ नोभेम्बरमा आधिकारिक रूपमा सेवा शुरु गरेको थियो। यसअन्तर्गत आजदेखि तुरुन्त प्रमाणपत्र जारी गरेर सेवालाई प्रभावकारिता प्रदान गर्ने अभियान शुरु गरेको छ। ई-सेवा तथा ई-सर्टिफिकेट प्रणालीको कार्यान्वयनले विभिन्न प्रमाणपत्रहरूको वितरणलाई सहज बनाउने लक्ष्य राखिएको छ। आवेदकहरूले अब तत्काल प्रमाणपत्रको सेवा सुविधा पाउने भएकरो छ। यस प्रणालीअन्तर्गत नागरिकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। एक सहज अनलाइन वेब पोर्टलमार्फत सरकारी सेवाहरु प्रदान गर्ने भएको छ। यसबाहेक, ई-सेवा प्रणालीले आवेदकहरुलाई सात प्रकारका ई-प्रमाणपत्रहरूको सपुवनिधा प्रदान गर्ने भएको छ। जसमा अनुसूचित जाति प्रमाणपत्र, अनुसूचित जनजाति प्रमाणपत्र, अन्य पछौटेवर्ग प्रमाणपत्र, रोजगार कार्ड, र आय प्रमाणपत्र आदि सामेल रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement