फ्रान्सेली राजदूत मथौले गरे हिमालयन जूलोजिकल पार्कको भ्रमण

IMG-20241113-WA0263

गान्तोक: हाल सिक्किमको भ्रमणमा रहेका भारतमा फ्रान्सका राजदूत थियरी मथौले आज यहाँको बुलबुलेस्थित हिमालय जूलोजिकल पार्कको भ्रमण गरे। राजदूत पार्कमा पुग्दा सिक्किम सरकारको वन एवं पर्यावरण विभागका सचिव डा. प्रदीप कुमारले विभागका अन्य शीर्ष अधिकारीहरूको साथमा स्वागत जनाएका थिए। यस अवधि विभागका अधिकारीहरूले हिमालय जूलोजिकल पार्क साथै वन एवं पर्यावरण संरक्षणको क्षेत्रमा सरकार र विभागका योजनाहरू बारे जानकारी गराए। यहाँ पनि फ्रान्सेली राजदूतले रेड पाण्डाको संरक्षणमा फ्रान्स र सिक्किमबीच सहकार्य गर्ने इच्छा व्यक्त गरे। यसको निम्ति कोलकतास्थित काउन्सिल जेनरल्स अफिस र सेन्टर फर रेड पाण्डा रिसर्चले सिक्किममा रेड पाण्डा संरक्षमा योगदान दिने भएको छ। उल्लेखनीय छ, राजदूत मथौले यस अघि मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओम प्रकाश माथुरसँगको भेटघाटमा पनि रेड पाण्डा संरक्षणमा सहकार्य गर्ने इच्छा व्यक्त गरिसकेका छन्।

About Author

Advertisement