गुजरात टाइटन्सको ब्याटिंग र सहायक प्रशिक्षक बने पार्थिव पटेल

IMG-20241113-WA0272

नयाँ दिल्ली: भारतका पूर्व विकेटकीपर ब्याटर पार्थिव पटेललाई गुजरात टाइटन्सले आईपीएल-को आउँदो सीजनको निम्ति ब्याटिंग र सहायक प्रशिक्षक नियुक्त गऱ्यो। पार्थिवले मुख्य प्रशिक्षक आशिष नेहराको नेतृत्वमा रहने कोचिंग टीममा दोहोरो भूमिका निर्वाह गर्नेछन्। फ्रेञ्चाइजीद्वारा जारी बयानमा भनिएको छ, गुजरात टाइटन्स आफ्नो नयाँ सहायक र ब्याटिंग प्रशिक्षकको रूपमा पार्थिव पटेलको नियुक्तिको घोषणा गर्दै रोमाञ्चित छ। यस पूर्व भारतीय विकेटकीपर ब्याटरले आफ्नो १७ सालको असाधारण करियरको अनुभव टीमसँग जोड़्नेछन्। टाइटन्सले आईपीएलको आउँदो सीजनको तयारी गरिरहेको छ। यसैकारण पार्थिवको ब्याटिंग तक्निक र रणनीति तयार गर्ने क्षमताले खेलाड़ीहरूका कौशललाई बढ़ाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। पार्थिवले २०२०-मा क्रिकेटबाट सन्न्यास लिएका थिए। यसपाली उनी पहिलोपल्ट आईपीएलमा प्रशिक्षकको भूमिकामा देखिनेछन्। उनले गत तीनवटा सीजनमा मुम्बई इण्डियन्सको निम्ति ट्यालेण्ट स्काउटको रूपमा काम गरेका थिए। उनी आईएलटी२०-को पहिलो सीजनमा एमआई अमीरातको ब्याटिंग प्रशिक्षक पनि रहेका थिए। उनले गत केही समयदेखि कमेण्टेटरको भूमिका पनि निर्वाह गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement