सुनसरी जिल्लाको हरिनगर गाउँपालिकामा राहत वितरण नामावली विवाद लाग्यो टुंगो

IMG-20241113-WA0247

इनरुवा (नेपाल): सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वार्ड न० ७ मा बाढी पीडितलाई गाउँपालिका मार्फत सेवक नेपालले बाँट्ने राहतको लागि संकलन गरिएको नामावली  बिषयलाई लिएर चलिरहेको बिवाद आज  टुंगो लागेको छ।  सो विवाद पछि गाउँपालिका अध्यक्ष गफार अंसारी एवं वार्ड अध्यक्ष मुज्जमिल खानको रोहबरमा गठन गरिएको सर्वदलीय तथा सर्वपक्षीय १५ सदस्य नामावली संकलन समितिले आज अन्तिम नामावली पेस गरे सँगै विवादको टुंगो लगाए।  जस अनुसार १५ सदस्य नामावली संकलन समितिले अब  पनि नामावली तथा राहत वितरणको विषयलाई लिएर कुनै विवाद उत्पन्न भए सोको जिम्मेवारी समितिले लिने र यसमा गाउँपालिका अध्यक्ष गफार अंसारी तथा गाउँपालिकाको कार्यालय साथै वडा अध्यक्ष कुनै जिम्मेवार नहुने निर्णय सर्व सम्मतले १५ सदस्यीय समितिले गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement