दोहोरो हत्याकाण्डका आरोपी पक्राउ

गान्तोक: लाचेन पुलिसले हत्या भएको २४ घण्टा नबित्दै आरोपीलाई पक्राउ गरेर सफलता हासिल गरेको छ। उक्त घटना मंगन जिल्ला अन्तर्गत लाचेनमा भएको हो। अजय राई नामक एक युवकले आफ्नै दुई जना साथीको हत्य गरेका थिए। पुलिसले जानकारी गराए अनुसार तिकजब लोवर तिङछिम निवासी सन बहादुर लिम्बू, अजय राई, प्रेम लिम्बू र धन बहादुर लिम्बू आरा काटनको निम्ति लाचेन थानादेखि लगभग १७ किलोमिटर टाडाको जंगलमा गएका थिए। उनीहरू चारै जना गत २१ अगस्तको दिन लाचेन पुगेका थिए। राति जंगलमा नै डेरा लगाएर बस्दै आइरहेका थिए। यसै क्रममा गत २५ अगस्तको राती अजय राई, प्रेम लिम्बू र धन बहादुर लिम्बूबीच भनावैरी भएको र सोही समयम आरोपी अजय राईले डेराबाट बाम्फक लिएर प्रेम लिम्बू र धन बहादुर लिम्बूमाथि प्रहार गरे, जसको कारण दुवैको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी गराएको छ। उक्त घटनापछि सन बहादुर लिम्बू भने आफ्नो ज्यान जोगाउन जंगलभित्रलुकेर बसे। एक रात जंगलमा लुकेर बिताएपछि बिहान लाचेन थानामा पुगेर पुलिसलाई घटनाको विस्तृतरूपमा जानकारी गराए। पुलिसले उक्त घटनालाई गम्भीरतापूर्वक लिँदै आरोपीलाई खोज्न अभियान चलाएको थियो भने हिजो उनलाई लोवर तिङछिमबाट पुलिसले पक्राउ गरेको छ। पुलिसले थप जानकारी गराए अनुसार सन बहादुर लिम्बूको मूल घर नेपाल रहेको र हाल उनी तिकजब बस्दै आइरहेका थिए। घटना भएको दिन उनीहरूले मदिरा सेवन गरेको पुलिसलाई सन बहादुर लिम्बूले बताएका छन्। सो दिन सन बहादुर लिम्बूले उनीहरूलाई छुट्टाउने धेरै प्रयास गरेको तर सबैले मदिरा सेवन गरेको हुनाले उनको कुरालाई वास्तव नगेको कारण यस प्रकारको दुर्घटना हुन पुगेको पुलिसको भनाइ रहेको छ। आरोपीली पक्राउ गरेपछि पुलिसले घटनास्थलमा लिएर गएको र त्यहाँबाट पुलिसले आरोपीले प्रयोग गरेको बाम्फक उद्दार गरेको छ। हाल आरोपी राई विरूद्ध पुलिसले आइपीसीको धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। पुलिसले घटनास्थलबाट शव उद्दार गरेर पोस्टमार्टमको निम्ति एसटीएनएम पठाएको जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement