डोनर मन्त्री सिन्धियाको तीन दिवसीय पूर्वोत्तर भ्रमण

my-role-as-doner-minister-is-to-translate-aspirations-of-states-into-reality-scindia

ईटानगर: केन्द्रिय संचार एवं पूर्वोत्तर विकास मन्त्री (डोनर) ज्योतिरादित्य एम सिन्धियाको
तीन दिवसीय पूर्वोत्तर भ्रमण आजदेखि शुरू भएको छ। सिन्धिया आज साँझ ईटानगर आइपुगेका छन्। यस भ्रमण अवधि सिन्धियाले अरुणाचल प्रदेश, नागाल्याण्ड, मिजोरम र त्रिपुराको दौड़ाह गर्नेछन् अनि राज्यका मुख्यमन्त्रीहरूसित समीक्षा बैठक गर्नेछन्।
१४ नोभेम्बरको साँझ उनी अगरतला पुग्नेछन् भने १५ नोभेम्बरको बिहान अगरतलामा जनजातीय गौरव दिवस कार्यक्रममा सामेल हुनेछन्। सोही दिन उनले मुख्यमन्त्री प्रो. (डा.) माणिक साहासित समीक्षा बैठक पनि गर्नेछन्।
१५ नोभेम्बरमा सिन्धिया अगरतलादेखि मेघालय आउने छन् जहाँ उनले री-भोई जिल्लामा चेरी ब्लसम महोत्सव-२०२४ मा भाग लिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement