असम: पाँचवटा विधानसभा क्षेत्रहरूमा मतदान आजदेखि शुरू

How-to-register-to-vote-in-India-Eligibility-documents-required-online-and-offline-steps-FB-1200x700-compressed

गुवाहाटी: असमका धलाई, सिड़ली, बंगाईगाउँ, बिहाली औ सामागुड़ी विधानसभा क्षेत्रमा उपचुनाउको लागि मतदान आजदेखि शुरू भयो।
मतदान बिहान ६ बजेदेखि शुरू भयो भने साँझ ६ बजेसम्म जारी रहनेछ। पाँचवटा निर्वाचन क्षेत्रमा मतदाताहरूको संख्या क्रमशः धोलाई (एसी)- मा १,९६,७७२ सिड़ली (एसटी)- मा २,१७,१८३ बंगाईगाउँमा १,८२,३५४ बिहालीमा १,३२,३०० तथा सामगुड़ीमा १,८०,४४८ रहेको छ। अर्थात मोठ मतदाताहरूको संख्या ९,०९,०५७ छ। यसरी नै धोलाईमा ५२४, सिड़लीमा ६३० सामगुड़ीमा २६७, बंगाईगाउँमा १०५४औ बिहालीमा १४२ सेवा मतदाताहरू छन्। अर्थात सेवा मतदाताहरूको संख्या २६१७ रहेको छ। यी मतपाताहरूको लागि धोलाईमा २०८ मतदान केन्द्र, सिड़लीमा २७३, बंगाईगाउँमा २४६, बिहालीमा १५४ औ सामगुरीमा १९७ मतदान केन्द्र गरी मोठ १०७८ मतदान केन्द्रहरू स्थापना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement