गेजिङ जिल्लाका अधिकारीहरूले गरे पैह्रौ प्रभावित सडकको निरीक्षण

गान्तोक: गेजिङ जिल्लाका जिल्ला अधिकारीहरूले साक्योङ सडकमा गएको पैह्रौबारे निरीक्षण गरे। निरीक्षणको क्रममा अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, सडक एवम पुल विभागका अभियन्ताहरू सामेल रहेका थिए। यस अवसरमा टोलीले गेजिङ बजारलाई जोडने नयाँ वैकल्पिक सडकको पनि निरीक्षण गर्दै सडकको अवस्थाबारे जानकारी लिएका छन्। उक्त सडकले गेजिङ बजार,साक्योङ भिलेज, चुम्बुङ र पेलिङलाई जोडनेछ। विशेष गरेर मनसुनको कारण सडकको अवस्थामा खराबी देखिएको हुनाले २५० मिटर जति सडकलाई घुमाएर लैजाने पर्ने अभियन्ताहरूले सुझाउ दिएका छन्, जसको कारम वाहनहरू यातायात गर्दा ट्राफिकको समस्या उत्पन्न हुनको साथै ठूलो वाहनहरूलाई अझ धेरै समस्या हुने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement