गुवाहाटी: गुवाहाटीको दिसपुर पुलिसले ड्रग्स तस्करीको मामिलामा सामेल एकजना महिला सहित चारजना तस्करहरूलाई पक्राउ गरेको छ।दिसपुर पुलिसको टीमले हाथीगाउँको नाहारोनी इलाकास्थित सेन्ट्रल गेस्ट हाउसमा अभियान चलाएर एकजना महिला समेत चारजना ड्रग्स तस्करहरूलाई पक्राउ गरिएको छ। मोहम्मद हाशु मियाँ (४५ , सार्थेबारी), अमिना खातून (४०, बिलासीपारा), अकमल हुसैन (२७, पथारकान्दी), याहिया अहमद (२४, करीमगञ्ज)- को रूपमा पहिचान गरिएको छ। आरोपी तस्करहरूबाट १०,००० यावा ट्याबलेट, ११ ग्राम हेरोइन जसलाई पाँचवटा साबुनदानीमा लुकाएर राखिएको थियो, चारवटा मोबाइल फोन, नगद पाँच हजार रुपियाँ जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी सबै तस्करहरूसित गहन जाँच गरिरहेको छ।