झुण्डिएको अवस्थामा युवकको शव भेटपछि क्षेत्रमा हलचल

IMG-20241113-WA0226

 मालदा: घरबाट केही टाडोमा रहेको  उखुबारीमा एक युवकको झुण्डिएको शव फेला परेको छ। पुरानो मालदाको मुचिया आनन्दनगर गाउँमा यो घटनालाई लिएर निकै हलचल छ। मृत्यु हुने युवकको नाम सनातन मण्डल, उमेर २४ वर्ष रहेको छ। उनी पेशाले आप्रवासी कामदार थिए। उनी तीन महिनाअघि गोवाबाट कामबाट फर्किएर घरमै थिए। उनी फेरि गोवा जानुपर्ने भयो। तर त्यसअघि मंगलबार उनी परिवारमा कसैलाई जानकारी नदिई घरबाट निस्केका थिए। त्यसपछि बुधबार बिहान घरबाट उखुबारीमा झुण्डिएको अवस्थामा उनको शव फेला पर्यो। परिवारका सदस्यहरुले घटनालाई आत्महत्या मानिरहेका छन्। यद्यपि उनीहरुले आत्महत्याको कारणबारे केही बताउन सकेनन्। तसर्थ, सम्पूर्ण घटनाको अनुसन्धान गर्न मालदा पुलिस थानाको पुलिसले शव बरामद गरी पोस्टमार्टमको लागि पठाएको र घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement