सन्त मेरिज प्राथमिक पाठशालामा विदाई समारोह सम्पन्न

IMG-20241113-WA0234

खरसाङ: खरसाङको सन्त मेरिज प्राथमिक पाठशालामा बिदाई समारोह सम्पन्न भएको छ। उक्त प्राथमिक पाठशालाको प्रधान अध्यापक अविच्छेत राई अनि सह शिक्षिका रोबटिना लेप्चाले आफ्नो शिक्षण सेवाबाट अवकाश ग्रहण गरेका छन्। उनीहरूको सेवाकाल पूरा भएपछि दुवै शिक्षकहरूलाई विदाई जनाउन एक कार्यक्रमको आयोजना गरिएको थियो। समारोहमा वर्तमान विद्यालयका शिक्षक प्रभारी माधुरी राई लगायत सह शिक्षकहरू पराग बम्जन, अमर राई तथा अन्य शिक्षक-शिक्षिकागण, पाठशाला उप समिति एमटीए, एसएमसी, उपस्थिति कमिटी, अभिभावकवर्ग अनि विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो। विद्यालयमा सत्ताईस वर्ष कार्य गरेका प्रधान अध्यापक अविच्छे राई अनि बीस वर्ष कार्य गरेकी शिक्षिका रोबटिना लेप्चालाई उनीहरूले विद्यालयप्रति दिएको अतुलनीय योगदानको निम्ति खदा-माला लगाएर अनि उपहारहरू प्रदान गरेर सम्मान जनाउँदै आभार व्यक्त गरियो। विदाई शिक्षक अनि शिक्षिकाले दिएको सेवा अनि योगदानलाई विद्यालयले कहिले नभुल्ने बताउँदै उनीहरूको योगदान सदैव चिरस्मरणीय रहने विद्यालयका शिक्षक-शिक्षिकाहरू गरे भनी शिक्षक अमर राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement