४०औं गवर्नर्स गोल्ड कपः क्वार्टर फाइनलमा पुग्न सफल भयो गान्तोक हिमालयन स्पोर्टिंग क्लब

IMG-20241113-WA0236

गान्तोक: सिक्किम फूटबल एसोसिएशन (एसएफए)-को आयोजनमा जारी प्रतिष्ठित गवर्नर्स गोल्ड कप फूटबल टुर्नामेण्टको ४०औं संस्करणमा बुधवार गान्तोक हिमालयन स्पोर्टिंग क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। गान्तोक (सिक्किम)-को पाल्जोर स्टेडियममा आज खेलिएको म्याचमा गान्तोक हिमालयन स्पोर्टिंग क्लबले सुदेवा फूटबल क्लब (दिल्ली)-विरुद्ध पेनल्टी शूटआउटमा ४-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको आठौं मिनटमा सांगे डुण्डेलको आत्मघाती गोलले स्थानीय टीम एक समय पछि रहेको थियो। त्यसपछि १८औं मिनटमा स्नोर्टनको गोलले गान्तोक हिमालयन स्पोर्टिंग क्लबलाई १-१-को बराबरीमा पुऱ्यायो। विजेता टीमका आकाश सुन्दासलाई प्लेयर अव् द म्याच चयन गरियो। चार सालको ब्रेकपछि शुरु भएको गवर्नर्स गोल्ड कपको ४०औं संस्करणमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। यसमा चारवटा विदेशी टीम- ट्रान्सपोर्ट युनाइटेड फूटबल क्लब (भूटान), रोयल फूटबल क्लब (यूएई), केडीएन एफसी (मलेशिया) र चर्च बोयज युनाइटेड (नेपाल) सामेल छन्। यसको साथमा सिक्किम पुलिस एफटी, कालीघाट एमएस, आर्मी (रेड), खावज्वाल भेंगथार एफसी (मिजोरम), जीटीए इलेभेन (दार्जीलिङ), गान्तोक हिमालयन फूटबल क्लब (सिक्किम), पञ्जाब पुलिस एफटी, चेन्नईयन एफसी (आर), गोकुलम केरला एफसी, नर्थईष्ट युनाइटेड एफसी (आर), सुदेवा एफसी (दिल्ली) र डायमण्ड हार्बर एफसी-को टीम सामेल छन्। फाइनल २४ नोभेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement